यो ठाउँमा ठूलो पानी पर्ने,भर्खरै आयो यस्तो डर लाग्दो खबर।सतर्क हुन सबैलाई आग्रह

समाचार

मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, यि स्थानमा भीषण वर्षा हुने, सबैमा सर्तक रहन आग्रह । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३/४ दिन नै पानी पर्ने अनुमान गरिएको छ।

आज  वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो ।यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँकाे भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले जनाएका छन्। यसले गर्दा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ।

काेराेना भाईरस (काे-भिड-१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ। जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *