कतार उड्न ठिक्क परेका पाठक एयरपोर्टबाट पक्राउ!सिल गरेको बट्टाभित्र के भेटियो यस्तो?

समाचार

८ भदौ, काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँ जा सहित नियन्त्रणमा लिएको छ।आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान ठिक्क परेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नियन्त्रणमा लिएको हो।उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल गरेको बट्टाहरू भित्र लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागू औषध नियन्त्रण ब्युरो कोटेश्‍वर पठाएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीले ८५ लाख ५६ हजार रुपैयाँसहित काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने १ जना रेमिटेन्स सेवा प्रदान गर्ने कम्पनीका सञ्चालक समेत छन्।पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं-२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खड्का रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं-२२ न्युरोड खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद भएको थियो । पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । पौडेलले दिएको सूचनाको आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका अग्रवालको साथबाट पनि स्रोत नखुलेको ५४ लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । अग्रवालको साथमा रहेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनको कामदार खड्कालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।उनीहरुको साथबाट बरामद गरिएको रकम समानान्तर बैंकिङ कारोबार (हुण्डी)को हुनसक्ने भएकाले महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान थलिएको बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *