फेरि ह्वात्तै सोच्न नसकिने गरी बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो?

अर्थ व्यापार

काठमाडौं–मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर तोलाको ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको र थप क’डाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य क’डाइ गरिएको हो।

अन्य भि’डभाड कम गरी ’कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको बताइएको छ ।यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मा’स्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओ’होरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै ब’न्द गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *