कक्षा १२ को परिक्षाको राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो यस्तो सुचना।यति गते देखी सुरु हुने भयो परीक्षा?

समाचार

काठमाडौं, भदौ ८। कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले बताए।परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताएका छन् । उनले भने ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’उनले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिए।सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। कुवेतले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको हो ।बुधबार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो। नेपाल र कुवेतबीच विगत लामो सममदेखि सिधा हवाई उडान रोकिएको थियो । कुवेतले नेपाललाई कोभिडको संक्रमणको ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको थियो। कुवेतले गत १ अगष्टदेखि विमानस्थल सूचारु गर्दै व्यवसायिक उडानको लागि अनुमति दिएको थियो।

त्यत्तिबेला नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म रद्द गरिएको थियो।१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै निश्चितकालको लागि प्रतिबन्ध लगाएको थियो। उडान प्रतिबन्धका कारण घरविदामा नेपाल आएका श्रमिक नेपालमै अड्किएका छन् । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *