काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी।यति गते देखी बन्द?

समाचार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी भएको छ ।कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप गर्ने तयारी भएको हो । निषेधाज्ञाका विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा छलफल हुने छ । सङ्क्रमण बढेको भन्दै यसअघि पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

सङ्क्रमणदर बढेको भन्दै सरकारले दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो । पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिँदै छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******।

यो पनि:नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान सिघिङको दोश्रो इनिङ सुरु भएको छ । पहिलो कार्यकालमा कमाल गरेका कुलमानले खाने तलब र सेवासुविधाबारे चासो हुने गरेको छ । सरकारले चौतर्फी प्रसंसा बटुलेका घिसिङलाई ४ बर्षका लागि दोश्रो पटक प्राधिकरणको जिम्मा लगाएको हो ।उनको नियुक्तीसँग सेवा सुविधाका विषयमा पनि चर्चा हुन थालेको छ । कुलमानको तलव मासिक २ लाख २१ हजार रुपैयाँ छ ।

उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्राधिकरणले प्रोत्साहन भत्ता पनि दिन्छ ।त्यसको अलवा लिडरसिप एलाउन्स’मा थप दुई लाख गरेर घिसिङले मासिक ४ लाख २१ हजार बुझ्ने छन् । उनको सहयोगीको रुपमा एक जना शाखा अधिकृत र दुई जना सुब्बा सरहका कर्मचारीहरु रहने छन् । एउटा गाडी र ड्राइभर पनि उनले राख्न पाउने प्राधिकरण श्रोतको भनाई छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *