पेट दुखेर अस्पताल पुगेकी महिलालाई डाक्टरले पुरुष भएको बताएपछि!

समाचार

झट्ट सुन्दा समाचार पत्याउन गाह्रो पर्छ जो कोहीलाई । तर विश्वमा कतिपय यस्ता अनौठा घटनाहरु हुन्छन् कि मान्छेले पत्याउन मुस्किल हुन्छ । भारतको पश्चिम बंगालमा पनि हालै त्यस्तै घटना एक अस्पतालमा देखिएको छ ।हालै भारतको पश्चिम बंगाल स्थित सुभाष चन्द्र बोस क्यान्सर अस्पतालमा एउटा अनौठो परिघटना भएको छ ।

एक ३० बर्षे विवाहीत महिला अत्याधिक पेट दुखे पछि सो अस्पतालमा उपचारका लागि पुगेकी थिईन् ।जब चिकित्सकहरुले परीक्षण गरे तब उनको शरीर महिलाको भए पनि जिन पुरुषको भएको बताउदै पुरुषमा हुने क्यान्सर भएको बताए पछि उनी हैरानीमा परिन् । उनी ९ बर्ष अघि बिबाह गरेर बसेकी थिईन् ।

यस रोगलाई डाक्टरहरुले एन्ड्रोजन ईन्सेन्सेटीभीटी सिन्ड्रोम( एआईएस) नाम दिएका छन् ।यो हरेक २२ हजार मान्छे मध्य एक जनामा यस्तो गुण हुने संभावना रने चिकित्स्कहरुले अनुमान गर्दै आएका छन् ।यो विश्वमै दुर्लभ रोग मध्य एक मानिन्छ , जसको बच्चा जन्मिन्छ त्यसको शारीरीक विकास महिलाको र जिन पुरुषको विकास भएको हुन्छ ।बंगालको बीरभुभमा रहने ती महिलालाई असलमा पुरुष भएको घोषणा गर्ने डाक्टर हुन सौमेन दास हुन्।

डा. दासले यो रोग भएका मान्छेमा बाहिर पुरै महिला देखिन्छ।जस्तो कि उसको शरीर, स्वर,अंगहरु सबै महिलाको हुन्छ तर बच्चादनी र ओभरीज नभएको बताए ।डाक्टरका अनुसार ती महिलामा महिनावारी समेत भएको छैन ।डा. दासका अनुसार ती महिलालाई टेष्टिक्युलर क्यान्सर भएको छ जो पुरुषमा मात्र हुने गर्दछ ।यो एउटा दुर्लभ रोग भएको उनको भनाई छ। ती महिलाको २८ बर्षे बहिनीमा पनि यही लक्षण देखिएको डाक्टरहरुले बताए आजतकले अनलाईन संस्करणमा समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *