प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर,३२ बर्षिया मोडेल पक्राउ

समाचार

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर भएको छ । मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ।

यो पनि:बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बेलायती प्रहरीले जनाएको छ ।घुम्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए ।

झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको प्रहरीले बताएको छ ।मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए ।राईको मृत्‍युको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *