मोटरसाइकल जुध्दा आगलागी,नुवाकोटका टुलुराजसहित ३ जनाको मृत्यु

समाचार

६ भदौ, काठमाडौं । दुई मोटरसाइकल आपसमा जुध्दा तीन जनाको ज्यान गएको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गए राति साढे १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । दुर्घटनामा नुवाकोट बुङताङ-३ बस्ने ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ ।

त्यसै गरी दुर्घटनामा प्रदेश २-०३-००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।यसैगरी सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठ क्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृ त्यु भएको छ । गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठ क्करबाट घा इते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घ टनामा एक जनाको मृ त्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठो क्किएर पल्टिं दा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृ त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *