पूर्व मन्त्रीको भेन्टिलेटरमा उपचार गर्दा गर्दै निधन।स्तब्ध बनाउने खबर बाहिरियो।

समाचार

भर्खरै पूर्व मुख्यमन्त्री को अस्पतालको भेन्टिलेटरमा निधन।भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको लखनाउको एक अस्पतालमा निधन भएको छ। ८९ वर्षीय उनको त्यहाँस्थित सञ्जय गान्धी पोस्ट ग्रजुएट एन्सिटीच्युट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको हो। उत्तर प्रदेशका प्रदेशका पूर्व मुख्यमन्त्रीका साथै राज्यपालसमेत रहेका कल्याण सिंह दुई महिनादेखि अस्पतालमा भर्ती थिए । ७ दिनदेखि उनी भेन्टिलेटरमा थिए।

२१ जुनमा उनलाई श्वास लिन गाह्रो भएपछि लखनऊको लोहिया अस्पतालमा भर्ती गरिएको थियो। स्वास्थ्य स्थितिमा सुधार नभएपछि गत ४ जुलाईमा उनलाई पीजीआई सारिएको थियो ।प्रधानमन्त्री नरेन्द्र मोदीले र गृहमन्त्री अमित शाहले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पनि सिंहको निधनमा दुःख व्यक्त गर्दै नरौरास्थित गंगा तटमा सोमबार उनको अन्तिम संस्कार गरिने जानकारी दिएका छन् । योगीले प्रदेशमा ३ दिन राजकीय शोकको घोषणा गरेका छन् ।उनी २१ जुनमा अस्पताल भर्ना भएका थिए।

सात दिनअघिदेखि भेन्टिलेटरको सहायतामा उपचाररत उनको शनिबार राति निधन भएको हो। उनकाे निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले दुख व्यक्त गरेका छन् । सिंहको सोमबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताइएकाे छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *