नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए? 

समाचार

भदाै ५ गते।नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?  केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३ हजार ७५ जनाको को-रोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हाल कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।यही अवधिमा थप ३० जनाको मृ-त्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले को- भिड–१९ को सङ्क्रमणबाट ज्या-न गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ४८३ सङ्क्रमित भेटिएका हुन् ।

नेपालभरि २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।काेराेना भा-ईरस(काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *