कसैलाई बिरामी भयो भनेर सहयोग गर्ने सोच गराउँदै हुनुहुन्छ भने सतर्क रहनुहोस्,यसरी ठगिँदै हुनुहुन्छ।यी ३ जनाले गरे यस्तो नपत्याउने काम

समाचार

बि’रामीलाई उपचार गर्ने बहानामा उठाएको ठुलो रकमसहित तिन जना पक्राउ।मृगौला पी’डितको सहयोगका लागि भन्दै चन्दा असुल्ने ३ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा माथगढी ४ का ३५ वर्षीय चुडाबहादुर रुचालको उपचारका लागि भन्दै रकम असुल्ने ३ जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।यसरी पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया एलिजा बस्नेत, ४४ वर्षीय धनबहादुर सेञ्चुरी र ३२ वर्षीय टेकबहादुर बस्नेत छन् ।युनिक स्वयंसेवक नेपाल केन्द्रीय कार्याल धरान सुनसरी नामको संस्था दर्ता गरी उनीहरु कास्की आएका थिए।

चन्दा असुली रहेको भन्ने सूचना पाएपछि कास्की प्रहरीले उनीहरु बसेको विजयपुरको न्यूहाई वे स्टाफ होटल एन्ड लजबाट पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रहरीले चन्दा उठाउन प्रयोग गरिएका रसिद, पर्चा तथा नगद ४ लाख बढी रकम बरामद गरेको छ । उनीहरुले चन्दा संकलनका लागि समूह बनाएर दैनिक भाडामा १० वटा अटोटेम्पो लिएर देशका मुख्य सहरमा पुग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसअघि उनीहरुले विभिन्न १२ बि’रामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जामा पनि चन्दा असुलेको खुलेको कास्की प्रहरीले जनाएको छ । उनीहरुवि’रुद्ध चन्दा ऐन २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *