काे’राेना संक्रमणबाट नि’धन भएको हाँस्य कलाकार शम्भुराज थापाको परिवारमा पर्यो यस्तो बज्रपात

समाचार

काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको ‘बखते’ को नि’धन भएको छ। हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को को’रोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको हो ।एक महिना अगाडि को’रोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे नि’धन भएको हो ।कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको नि’धन भएको जानकारी दिएका छन्।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए । थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।उनीको श्रीमती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशुपति आ’र्यघा’टमा अन्तिम सं’स्कार गरिने परिवारले जनाएको छ। उनकाे नि’धनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्र’द्धाञ्जली दिइरहेका छन् ।उनको परिवारमा सवै को’रोना संक्रमित छन्। बखतेले हल्का रमाइलो ८० औ भागमा को’रोना संक्रमितको अभिनय समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *