भदौ ४ गते देखि १३ गतेसम्म निषेधाज्ञा,सर्वसाधारणलाई आवतजावत गर्न रोक।फेरी सुरु हुनेभयो बन्द?

समाचार

सुनसरी । धरानमा भदौ ४ गते देखि १३ गतेसम्म निषेधाज्ञा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा भदौ ४ गते देखि १३ गतेसम्म सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हाे ।धरान उपमहानगरपालिकाको सिफारिस अनुसार प्रमुख जिल्ला प्रशासनद्वारा बुधवार जारी आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।साे अवधिमा कोसी राजमार्ग भएर चल्ने सवारीसाधनहरूलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पुर्णरुपमा निषेध गरिएको छ।

यो पनि पढ्नुहोस्:फेरी नेपालमा संक्रमितको संख्या उकालो लाग्दै छ । दिनहुँ संक्रमितको संख्या थपिदै जान थालेका छन् । अघिल्लो दिनको तुलनामा अर्का दिन संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न थालेको हो ।पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय ४ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ।यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *