कुलमानलाई असफल बनाउन हितेन्द्रले यसरी मिलाएर गएका रहेछन् सेटिङ,कसैले नसोचेको यस्तो भित्री रहस्य खुल्यो।

समाचार

काठमाडौँ–नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल बनाउन प्राधिकरण कर्मचारीहरुले मरिहत्या गरेको खुलासा भएको छ । उनलाई असफल बनाउन हितेन्द्र शाक्य नजिकका कर्मचारीहरु हात धोएर लागेका छन् ।दोस्रो पटक नियुक्ती भएर काम सुरु गरेका कुलमानलाई प्राधिकरणकै केही कर्मचारीहरुले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यको निर्देशनमा असफल बनाउन लागि परेका हुन् । उनलाई असफल बनाउन हात धोएर लागेका कर्मचारी हुन् रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान प्रधान र प्राधिकरणकी सूचना अधिकारी अनिता सुवेदी ।

हितेन्द्रले उनीहरुलाई पहिलानै सेटिङ मिलाएर महत्वपूर्ण जिम्मेवारीमा ल्याएका थिए । त्यो कुरा बुझ्न ढिलाई गरेका कुलमानले महत्वपूर्ण पदहरुमा आफू नजिकका कर्मचारी राख्न ढिलाई गर्दा उनीहरुले कुलमानको नाक काटिदिएका छन् ।आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती स्विकार गरेर प्राधिकरणमा फर्किएको घोषणा गरेका कुलमानलाई असफल बनाउँन पटक पटक विजुली काटेर बदनाम गर्न खोजिएको छ । श्रोतका अनुसार कुलमान आउनभन्दा केही महिना अघिदेखि कतिपय इन्भटर, जेनेरेटर कम्पनीहरुले प्रलोभनमा पारिसकेका थिए।

उनीहरुको प्रभावका कारण ति कर्मचारीहरुले बेलाबेलामा विजुली काट्ने गरेका थिए । विजुली जान थालेपछि इन्भटर व्यापारीहरुले सार्वजनिक मिडियामा विज्ञापन नै गर्न थालिसकेका थिए । कतिपयले इन्भर पनि जडान गरिसकेका थिए भने कतिले जडानको विचार गरिरहेका थिए ।त्यतिनै बेला सरकारले कुलमान फेरी प्राधिकरणको प्रमुख बनाएर ल्याएपछि उनीहरुको साता गएको छ । त्यही कारणले गर्दा अहिले पनि कुलमानलाई असफल बनाउन बेलाबेलामा बत्ति गइरहन्छ । एकदिन त कतिसम्म भयो भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

देउवासँगको भेटमा कहिल्यै बत्ती नजाने भनेर कुलमानले योजना सुनाउँदै गर्दा बालुवटारमै झ्याप्पै बत्ति गएको थियो । पछि घिसिङले रत्नपार्क वितरण केन्द्रका प्रमुखलाई झपारेका थिए।घिसिङ देउवालाई भेटन् एक बिहान बालुवाटार पुगेका थिए । त्यही समयमा संयोगले दुई पटक बत्ति गएपछि देउवाले व्यङ्ग्य गर्दै घिसिङलाई प्रश्न गरेको बालुवाटार स्रोतले बतायो । देउवासँग कुराकानी सक्किएपछि घिसिङले सोही ठाउँबाट फोन गरेर रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान प्रधानलाई हप्काएका थिए ।

प्रधानले बेलाबेलामा बत्ति काटिदिएर असफल बनाउन लागेका छन् भने सुवेदीले कुलमान विरुद्धमा सूचनाहरु हितन्द्र शाक्य लगायत विभिन्न मिडियामा पठाएर संस्थाकै बदनाम गरिरहेकी छिन् । हितन्द्र शाक्यको पालामा मिडियाले समाचार लेख्नका लागि मागेका सूचनाहरु समेत आफूलाई जानकारी नभएको बताउँदै सूचना दिन आनाकानी गर्ने सुवेदी अहिले भए नभएका सूचना प्रवाह गरिरहेकी छन् । शाक्यले कुलमान घिसिङ नजिक रहेर काम गरिरहेकी लिला अर्याललाई हटाएर सुवेदीलाई ल्याएका थिए । त्यहीँबाट सेटिङ सुरु भएको थियो ।

एक पटक अतिनै बक्ती जान थालेपछि उनलाई फोन गरेर मोटिभेट न्यूजले बत्ति किन गएको भन्दै प्रश्न गरेको थियो । त्यतीबेला उनले आफूलाई यस विषयमा जानकारी नभएको बताएकी थिइन् । उनले वितरण केन्द्रमा बुझेर जानकारी दिने भनेर फोन राखेकी थिइन् । त्यसपछि उनले न फोन गर्ने फुर्सद पाएकी छन् नत हामीले गरेको फोननै उठाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *