यातायातमा फेरि जोर-बिजोर प्रणाली लागू?एकाबिहानै आयो यस्तो खबर।

समाचार

यातायातमा फेरि जोर-बिजोर प्रणाली।कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुनः जोरबिजोर प्रणाली लागू गरिएको छ ।बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो ।यसअघि असार १४ गते सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङ कार्यक्रमलाई पनि रोक लगाइएको जानकारी दिए ।

‘बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गर्ने,’ प्रमुख जिल्ला अधिकारी गौतमले जारी गरेको आदेशमा भनिएको छ । परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय, आयोगका परीक्षाबाहेक अन्य सञ्चालन गर्न पाइने छैन ।-onlinekhabar बाट साभार** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि:आमा र छोराको लाश एकैपटक घरबाट हिड्यो, निकै कारुणीक दृष्य जो कल्पना भन्दा बाहिर हुन्छ।नेपाली लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन । उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन।

परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् । उनले निर्देशन गरेको र गाएको निकै प्रतिक्षारत भिडियो खरानीले उनको हाईटलाई निकै उचाईमा लगेको छ । गितमा राखिएका शब्दहरु र गितमा अभिनय गरेकाहरुको कारण गितले साच्चीकै भावुक बनाउन सफल देखिन्छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *