कोरोना खोप लगाईसक्नु भयो?भर्खरै आयो यस्तो डरलाग्दो खबर

समाचार

चिकित्सकहरु गर्भावस्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनभन्दा पहिले धेरै सोच्ने गर्छन् । यही कारण लामो समयसम्म गर्भवती महिलाहरुको लागि कोरोना भाइरसको खोपलाई समेत नजरअन्दाज गरिएको थियो ।तर अहिले सुरक्षालाई लिएर पर्याप्त प्रमाण भेटेपछि यो सन्देह हटेको छ । साथै, खोप लिनको लागि प्रोत्साहन पनि गर्ने गरिएको छ । किनकि कोभिडले गर्भावस्थालाई नै खतरामा पार्न सक्छ ।‘हामीले केही बलियो दाबी भेटेर नै बाहिर आएका दाबीहरु गलत हो भनेका छौं ।’ बीबीसीको एक रिपोर्टमा उल्लेख छ ।

सामाजिक सञ्जालमा यस्तो पनि पोस्टहरु पनि सुन्न पाइन्छ कि गर्भपातको कुरा उल्लेख गरिएको यो पोस्ट भ्याक्सिन मनिटरिङ स्कीमको माध्यमबाट गरिएको थियो । यसमा अमेरिकाको भ्याक्सिन एडवर्स इक्विट रिपोर्टिङ सिस्टम समेत सामेल छ ।खोप लगाएपछि जो कोहीले आफ्नो स्वास्थ्य अवस्थाबारे रिपोर्ट गर्न सक्छन् । तर जोकोहीले यस बारेमा रिपोर्ट गर्ने बारेमा सोच्ने गर्दैनन् । किनकि यो आफैँले चयन गर्ने एक प्रकारको डाटाबेस हो ।यस डाटाबेसमा गर्भपातको घटना रिपोर्ट गरिएको थियो, तर ती दुर्भाग्यपूर्ण सामान्य घटनाहरु थिए । यसको मतलब यो होइन कि यो खोपको कारणले भएको हो ।

इम्पेरियल कलेज अफ लन्डनका प्रजनन प्रतिरक्षाविज्ञ डा भिक्टोरिया मेल अहिलेको रिपोर्टिङ प्रणालीले भ्याक्सिनबाट हुने ठूलो साइड इफेक्टबारे पत्ता लगाउन सक्षम रहेको बताउँछन् । उनी उदाहरण दिँदै भन्छन् जस्तै एस्ट्राजेनेका भ्याक्सिनको कारण एक विशिष्ट प्रकारको रगतको थोपा जमेको थाहा भएको छ ।यदि तपाईं खोप लिने मानिसमा कुनै असामान्य लक्षण भेट्टाउनुहुन्छ भने यसलाई एउटा चेतावनी मान्नुहोस् । आम मान्छेमा देखिने सामान्य साइड इफेक्टहरु जस्तो मासिक धर्ममा हुने परिवर्तन, गर्भपात र सामान्य जनसंख्यामा कार्डियोको समस्यालाई निगरानी गर्न यो उपयुक्त छैन ।

तथ्यांकलाई हेर्ने हो भने खोप लिने वा नलिनेवालामा यो लक्षण देख्नु सामान्य कुरा हो ।यदि हामी खोप नलगाएका मान्छेको तुलनामा खोप लगाएकाहरुमा धेरै गर्भपातको समस्या पाउँछौं भने यही प्रविधिले यसको संकेत दिन्छ ।कतिपयले के पनि दाबी गरेका छन् भने कोभिड भ्याक्सिन कम सुरक्षित छ । तर तथ्यांकले यो पुष्टि गरेको छैन । जबकि कुल जनसंख्याको ठूलो हिस्सामा खोप लगाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *