सोच्न नसकिने गरी यस्तो भयो आज सुनको भाउ।सुन किन्दै हुनुहुन्छ भने एकचोटी अवश्य हेर्नुहोला

अर्थ व्यापार

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन हिजो प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय १० रुपैयाँ कारोबार भएको थियो।लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *