कुनै जागीरमा आवद्ध हुनुहुन्छ?यसरी पाउनुहोस् तुरुन्तै २५ लाख।राष्ट्र बैंकले गर्यो यस्तो उदाहरणीय निर्णय।प्रक्रिया यस्तो छ।

समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। उक्त मौद्रिक नीतिमा जागिर गर्नेहरुलाई २५ लाख रुपैयाँसम्म ऋण दिने राष्ट्र बैंकले घोषणा गरेको छ।जागिरेहरुको आधार दरमै ऋण दिने व्यवस्था गरेको मौद्रिक नीतिकमा उल्लेख गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो ऋण २५ लाख रुपैयाँसम्म दिने घोषण गरेको हो।

यो ऋण पाउनेहरुमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक र अन्य कर्मचारी रहेका छन्। यसको ब्याज दर जुन संस्थाबाट ऋण लिने हो त्यसको आधार दर बराबर हुने जनाइएको छ। यो ऋण २ वर्षका लागि उपलब्ध गराइने बैंकले जनाएको छ। यसका लागि धितो भने अनिवार्य गरिएको छ।

यो पनि:आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार/कर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।

‘हामीलाई तुरुन्तै होटल छोड्नुपर्ने तालिवानको आदेश छ । उनीहरु होटलमा छन्’, एक नेपाली सुरक्षा गार्डले भने,‘हामी विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएका छौं । अब यहाँबाट विमानस्थल जाने तरखरमा छौं ।’तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उनले बताए । होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उनीहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बसेका थिए । ‘हिजो हामीलाई क्याम्पबाट निस्कन पनि दुई घण्टाको समय दिएका थिए ।

अमेरिकी सेनाले दूतावास रहेका क्षेत्रबाट हेलिकप्टरबाट नै साथीहरुलाई विमानस्थल लगेर राखेको थियो । तोकिएको समयमा हेलिकप्टरबाट मात्रै जान सम्भव नभएपछि हामी गाडीबाट होटलमा आएर बसेका थियौं,’ उनले भने, ‘हामीमाथि कुनै नराम्रो दु’र्व्यवहार गरिएको छैन ।’अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *