कान्छी श्रीमतीसंग मिलेर अति गरेपछि यस्तो भयो

समाचार

उदयपुरको त्रियुगा नगरपालिका-६ मोहनपुरकी कृशलाका प्रकरणमा सं’लग्न रहेका दुई जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। साउन १३ गते घर नजिकको राजदेवी सामुदायिक वन क्षेत्रको खहरे खोलामा भेटिएको शवको अनुसन्धानका क्रममा प्रहरीले सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचितलाल सदा र सोहि ठाउँका २३ वर्षीय बिषे सदालाई पक्राउ गरी सार्वजनिक गरेको हो।आधुनिक प्रविधिको प्रयोग तथा विभिन्न करिब सयभन्दा बढी मानिसहरुसँगको सोधपुछ तथा अनुसन्धानबाट घटनाका आरोपित उनीहरु रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुवास चन्द्रदेव वोहोराले बताए। घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको प्रतिसोधमा यो घटना घटाएको प्रहरीसँग बयानमा बताएका छन्।

एसपी बोहोराका अनुसार कृशला र उचित सदाको कान्छि श्रीमती साथी साथी रहेको र कृशलाकैकारण आफ्नो घरबार बिग्रिएको कारण ब’दला स्वरुप कृशलाको ज्या’न लि’ने निर्णयमा पुगेको प्रहरीलाई बयान दिएका छन्।पहिलो घरबार बिग्रिएको सदाको दोस्रो श्रीमती कृशलाको साथी रहेको र सो घरबार बिग्रिनुमा कृशलाको हात रहेको आरोपित सदाको दावि रहेको अनुसन्धान अधिकारी डिएसपी बेदप्रसाद गौतमले बताए। साउन १३ गते ३ बजे देखि कृशला सँगै रहेको उनीहरुले सोहि दिन करिब रातको साढे १० बजेतिर ज्या’न लि’एर राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुं’गा’ले पु’रे’को उचित लाल सदाले प्रहरी बयानमा बताएको उनले बताए।

अन्नपूर्ण पोष्टका अनुसार १३ गतेकै दिन घटना भएको र साउन १९ गते मात्र कृशलाको ला’स स’डि’एको अवस्थामा फेला पारेपछि प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु गरिएको डिएसपी गौतमले जानकारी दिए। कृशलाका ज्या’न लि’ने क्रममा एकजनाले छातिमा टे’के’र घाँ”टी थि’चे’को र अर्का एकजनाले हा’तको मु’ड्की’ प्रयोग गरेको बयान दिएको छ। कृशलाको लास स्थानीयहरुले १९ गते स’डेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले स्थानीयहरुलाई सोधपुछ गर्दा स्थानीयहरुले पहिचान गर्न नसकेपछि जिल्ला अस्पताल लगेको थियो। पहिचान नै खुल्न नसक्ने गरी फेला परेको शव पोष्टमार्टम गृहमा हेरेपछि देब्रे हातमा लगाएको डिजिटल घडी, घाँ’टीको मालाको बुटी, खुट्टाको डोरी, चप्पल र कपडाको टु’क्राबाट बुवाले साउन २० गते शवको पहिचान गरी सनाखत गरेका थिए। र सोही दिन बुवा प्रेमले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *