भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप?यस्ता सबै बन्द हुने?

समाचार

सङ्क्रमणको जोखिम नघटेसम्म भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरियो।जिल्ला प्रशासन कार्यालय सुर्खेतको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।जिप्रका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्य, बैंक तथा वित्तीय संस्थालाई निर्वाध सञ्चालन गर्न सकिनेछ।

तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ देखि बेलुका ७ बजेसम्म, खाद्यान्न पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *