खुसीको खबर:अफगानिस्तानबाट कतार हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

बिश्व समाचार

१ भदौ,काठमाडौं। अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतार पुर्याएको थियो।

त्यस्तै अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका हुन् ।

बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन् । ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ उनले भनेका छन् ।उनले तालिवानको सरकारमा अफगानिस्तानका नागरिकको प्रतिनिधित्व रहन्छ । अर्थात जो तालिवानमा आवद्ध नभए पनि सरकारमा सामेल हुन सक्छन्।

तालिवानले शान्ति सुरक्षा कायम गर्न राजधानी शहर काबुलमा आफ्ना लडाकु परिचालन भएको जनाएको छ। काबुलका कतिपय इलाकामा चोरी भएको सूचना आएको भन्दै तालिवानले उसका लडाकु अराजक तत्वलाई रोक्न शहरमा परिचालन भएको बताएको छ ।तालिवानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको छ।समाचार स्रोत:अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *