घरमा १५ महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको होटेलमा लाश फेला परेपछि…

समाचार

काठमाडौ।कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ ।निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।

होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शंकास्पद छ ।रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् ।महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।

उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो ।अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *