विहेको पहिलो रात दुलहीले पतिको के देखिन्,रिसाउँदै भनिन्–सम्बन्धविच्छेद गर,म सँगै बस्दिन

समाचार

काठमाडौं। भारत, उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अनौठो घटना घटेको छ।त्यहाँ विवाहपछिको रातमा दुलहीले उनको पतिको श’रीरमा के देखिन् कुन्नी उनलाई विहे घरमा बस्न मन लागेन् ।त्यसपछि दुलहीले प्रहरीलाई बोलाएर सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिन् ।घटना बरेली जिल्लाको फतेहगञ्ज पश्चिमको हो । त्यहाँ सात फेरा लिएर आफ्नो नयाँ घर पुगेकी दुलही पतिको खुट्टामा भएको सेतो दाग देखेर तर्सिएकी थिइन ।

खुट्टामा भएको सेतो दागका कारण दुलहीले आफ्ना पतिसँग बस्न इन्कार गरिन् । साथै आफुलाई मातत पठाउन जोड दिइन् ।जब ससुरालीहरूले उनलाई दबाब दिन थाले, उनले ११२ डायल गरेर प्रहरी बोलाइन् । अब उनले सम्बन्ध विच्छेदको लागि उजुरी दायर गरेकी छिन् ।शहरको मोहल्ला ठाकुरद्वारकी एउटी केटीको विवाह १३ मेमा सिबगञ्जको महेशपुरा गाउँ निवासी युवकसँग भएको थियो । जब दुलही विवाह पछि ससुराको घरमा पुगिन्, उनले आफ्नो पतिको खुट्टामा सेतो दाग देखिन् । दाग देखेर उनले आफ्नो पतिसँग बस्न इन्कार गरिन् ।

सासु ससुराले पहिले उनलाई सम्झाए, नमानेपछि उनलाई दबाब दिन शुरू गरेको पनि खुल्न आएको छ ।सासु ससुराले बल प्रयोग गर्न थालेपछि उनले प्रहरी बोलाएकी हुन् । उनले प्रहरी भनिन् कि पतिको खुट्टामा सेतो दाग लागेको छ, जुन गम्भीर रोग हुन सक्छ ।त्यसैले उनी आफ्नो लोग्नेसँग बस्न चाहनन् तर ससुराले उनलाई दबाब दिइरहेका थिए । दुलहीले भने अनुसार दुलहा र ससुरालीहरूले विवाहको समयमा यस कुरालाई लुकाएर राखेका थिए ।पूरै कुरा बुझिसकेपछि प्रहरीले दुलहीलाई उनको चाहना अनुसार माइतीमा लगेर छोड्दिएको छ ।

मंगलबार उक्त केटीले प्रहरी चौकी पुगेर उनका पति र ससुरालीहरुका विरुद्ध उजुरी दिएकी छिन् । उनले अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन पनि दायर गरेकी छिन् ।यद्यपि प्रहरीले दुबै पक्षबीच मेलमिलाप गर्न खोज्यो । तर युवती कुनै हालतमा पनि तयार भइनन् । आफुलाई जसरी पनि सम्बन्ध विच्छेद गर्न चाहेको उनको अडान रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *