सम्पूर्ण देशवासीको लागि अत्यन्तै दुःखत खबर

समाचार

काठमाडौं । पछिल्लो दुई हप्ता यता उपत्यकाका अस्पतालहरुमा सङ्क्रमितका बिरामीहरु बढेका छन् । विभिन्न अस्पतालले जनाए अनुसार पछिल्लो दुई हप्तामा सङ्क्रमितका लागि छुट्याइएका साधारण बेडहरु भरिन लागेका छन् भने आईसीयू बेडहरु भरिइसकेका छन् ।यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि पछिल्लो दुई साता यता सङ्क्रमितका बिरामी बढ्दै गएका छन् । टेकु अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलाका अनुसार पछिल्लो दुई हप्तायता सङ्क्रमितका बिरामीहरु अस्पताल भर्ना हुन आउने क्रम बढेको हो ।

उहाँका अनुसार अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याइएका ४० बेडहरुमध्ये २५ वटा बेडहरु भरिइसकेका भने आईसीयुका लागि छुट्याइएको २४ बेडहरु सबै भरिइसकेका छन् । पछिल्लो समय उपत्यका बाहिरबाट आउने कोभिडका विरामीको सङ्ख्यामा पनि भइरहेको उहाँले बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *