फेरि देशभरि पहिलेकै जस्तो कडा निषेधाज्ञा गरिदै?कहिले देखी हुँदै छ बन्द?

समाचार

काठमान्डौ- काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्नुहुन्छ, “राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो, यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो ।”स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण को-भि’ड–१९ फैलने ख’तरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही क’डाइ गर्न थालेको हो ।

अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल को’रोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही क’डाइ गर्दै थपेको बताउनुहुन्छ ।

उहाँका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् । मुलुकभर नै निषेधाज्ञामा क’डाइ गर्न थालिएको छ ।कोरोनाको दोस्रो लहर सुरुआत भएलगत्तै गएको वैशाख ७ गते नै सीमित क्षेत्र तोकेर निषेधाज्ञा लगाउने पहिलो जिल्ला बाग्लुङले समेत अघिल्लो हप्ताबाट थप कडाइ गर्न थालेको छ ।

पछिल्ला दिनमा को-भि’ड–१९ को सङ्क्रमण वृद्धि हुँदै गएको निष्कर्ष निकाल्दै जिल्ला को-भि’ड स’ङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा यही साउन २६ गतेको निर्णयले बिहान १० बजेसम्म मात्र अत्यावश्यक सामग्री खरिद-बिक्रीका लागि समय खुला गरेको छ ।उक्त जिल्लामा अन्य गतिविधिसमेत बार तोकेर सञ्चालनको अनुमति दिइएको छ । अघिल्लो साता दुई सय जना नयाँ सङ्क्रमित देखिएकामा त्यसको पछिल्लो हप्ता नयाँ सङ्क्रमित पाँच सय पुगेको थियो । त्यसैले अहिले जिल्लामा परीक्षणको दायरासमेत बढाएर नियन्त्रणको काम तीव्र पारिएको निमित्त प्रजिअ गणेश गौतमले जानकारी दिनुभयो ।

बाग्लुङमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २० छ ।दोस्रो लहरका समयमा सबैभन्दा प्रभावित भएको बाँके जिल्लामा वैशाख १३ गते निषेधाज्ञा जारी गरिएको थियो । बाँके दोस्रो लहरको को’रोना सङ्क्रमणका बेला नि’षेधको आदेश जारी गर्ने दोस्रो जिल्ला हो । बाँकेमा पछिल्लो समयमा कोरोनाका बि’रामीसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *