भर्खर आयो दुखद खबर।विमानस्थलमा आगलागी,देखियो यस्तो दृश्य

समाचार

चितवन। भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आ गला गी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आ गला गी भएको विमानस्थलले जनाएको छ। विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आ गला गी ७ बजे नियन्त्रणमा आएको हो। त्यही रहेका अग्निनियन्त्रक साधनले आ गो नियन्त्रणमा लिइएको उनले बताए ।आगला गीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्ष ति भएको छ। थप क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए।उहाँले बताउनुभयो।सांकेतिक तस्बिर

यो पनि:मुन्द्रा चढाउने डाँडा जोड्ने पदमार्ग निर्माण।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ ।मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो। भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हँुदै बराह गुफादेखि मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो।

“मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार बनाएका हौँ”, उहाँले भन्नुभयो, “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तव्य पहिचान गरेका छौँ ।” आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले विनियोजन गरेको रु दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताउनुभयो। अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाइएको छ।

पदमार्ग निर्माण भएपछि लडेर दुर्घटना हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ । झाडी हटाएर सरसफाइ गरिएको छ । मान्द्रेढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । पदमार्ग निर्माणका लागि करिब दुई महिना जङ्गलमै बास बसेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर कामीले बताउनुभयो।

मजदूरलाई जङ्गलमै अस्थायी टहरा बनाएर राखिएको थियो । दैनिक ५० जनाको दरमा मजदूर परिचालन भएका थिए । मुन्द्रा चढाउने डाँडा समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । यो बाटो भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे«, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजङ्गलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

खानेपानी, शौचालय र पाहुना आश्रयस्थलको आवश्यकता छ । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको रु सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *