को-रोना विरुद्धको खोप भन्दै ८ हजार बढीलाई नुनपानी लगाइदिएको यस्ताे खुलासा(तुरुन्तै हेर्नुस्)

बिश्व समाचार

को-रोना विरुद्धको खोप भन्दै ८ हजार बढीलाई नुनपानी लगाइदिएको यस्ताे खुलासा (तुरुन्तै हेर्नुस्) । जर्मनीमा को- रोना भाइरस (को-भिड–१९)विरुद्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ ।बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोपको साटो नुनपानी लगाइदिएकी हुन् । उक्त घ-टना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो ।

आ-रो-पित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् तर, प्रहरीकाे अनुसन्धानले ८ हजारभन्दा बढीलाई को-रोना विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीको ठहर छ ।

को-रोना विरुद्धको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दाेहाेर्याउन आग्रह गरेका छन् । उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आ-रो-पलाई अस्वीकार गरेका छन् ।

यस घ-टनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । अहिलेसम्म यस घ-टनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दाेहाेर्याउनका लागि तयार भएको बताइएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *