सपूर्ण नेपालीको लागि भर्खरै आयो दुखद खबर:-काठमाडौ रेड जोनमा?विज्ञहरु चिन्तित

समाचार

काठमाडौं । उपत्यकाका तीन जिल्ला महामारीको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । तीन उपत्यका रेड जोनमा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाए पछि उपत्यकामा अर्को लहर आएको हो की भन्ने आम समुदायमा पनि आशंका छन् । यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

मंगलवार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले के के निर्णय गर्नु भयो ?हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ। हामीले निरन्तर्ता नै दिएका छौँ। फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरूलाई हामीले सीमित गरेका छौँ। हामीले अहिले दुई÷तीन वटा कुरामा जोड दिएका छौँ। एउटा पूर्ण रूपमा निषेध गरिएका विषयहरू छन्। त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भिडभाड गर्नु नहुने, केही क्षेत्रहरू खोल्न नपाइने छन्।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरू पनि छन्। र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो। बिचको २ महिनादेखि हामीले केही क्षेत्रहरू खुलाएको अवस्था छ। तर पछिल्लो चरणमा हिजो÷अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ। संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ। मृत्युदर पनि बढ्न थालेको अवस्था छ। अस्पतालमा बिरामीहरूको चाप अहिले बढेको देख्न सकिन्छ। त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ। एकै पटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रूपमा केही निर्णयहरू गरेका हौँ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक यातायातको क्षेत्रमा मास्क लगाएको छ कि छैन, मल पसलहरूमा पनि भिडभाड कत्तिको छ रु मास्कहरू के छ, भनेर हामी निस्किएका थियौँ। मास्क अधिकांशले लगाएको नै देख्यौँ। नलगाएकालाई हामीले बढ्यौँ पनि। अब जरिबाना पनि सुरुवात गरेका छौँ। संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरू पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो। त्यो अनुसार हामी यो बिचमा बसेर काम गरिरहेका छौँ। अधिकांश साबिक बमोजिमकै निर्णयहरू छन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

अनि बेलुका ८ बजे पछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?हिजो हामीले थप एउटा गरेको छौँ, रात्रिकालीन व्यवसायको कारणले होटल, रेस्टुरेन्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरू आए। मानिसहरू बाहिरै बसेर खाइरहेका छन्। रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटेलका मानिसहरूले पनि स्वास्थ्य प्रोटोकलहरू पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भिडभाडजन्य गतिविधिहरू रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ। त्यसमा अत्यावश्यक सेवाका गाडीहरू चल्न पाउँछन्। गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न राती दिइएको छ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू पनि चल्न पाएछन्। जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने÷जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ। सबै निजी र सार्वजनिक सवारीसाधनहरू ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलब रात्रिकालीन व्यवसायमा, माहौलमा भिडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो। यसमा पनि हिजो हामीले आदेश जारी गर्‍यौँ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

अब केही सुझाव हामीलाई प्राप्त भएको छ। राती कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भिडभाडमा कोरोना नलाग्ने, राती लाग्ने भन्ने प्रश्न पनि आएको छ। हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भिडभाड जन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरू पार्किङ गरेर रेस्टुरेन्ट तिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरू नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ। त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो। अरू साबिक बमोजिम नै छ।

तर अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरूको रिपोर्ट आइराखेको छ। यो जारी गरेको आदेश जुनसुकै बखत पनि पुनरावलोकन हुनसक्छ। हामी दिन प्रतिदिन डाक्टरहरूसँग स्वास्थ्य मन्त्रालयहरूसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो। अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ। अक्सिजन नपुगेर कोही व्यक्तिहरूको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ। बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *