केहीबेर अघि बाट उपत्यकामा नयाँ नियम लागु,पैदलयात्रु हिँड्न नपाउने ?

समाचार

काठमाडौँ— महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ ।काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए।

उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् । रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन ।निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ।

“भीडभाड नहोस् भनेर सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । जहाँ भए पनि ८ बजेसम्म सबै सवारी गन्तब्यमा पुगिसक्नुपर्‍यो भनेका छौँ । भीडभाड नगरिकन पैदलयात्रुहरु भने आवतजावत गर्न सक्नेछन्” ।

पछिल्लो समय संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ। स्वास्थ्य मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *