पुन:नियुक्ती भएपछी कुलमानले सारा नेपालीको मन जित्ने गरी यस्ता शब्द ३ करोड जनतासामु राखेपछी।आफ्नो बिचार व्यक्त गर्नुहोला

समाचार

कुलमान घिसिङले भने- सरकारले मबाट ठुलो अपेक्षा राखेको छ, पुरा गर्न आफ्नो काम मा प्रतिबद्ध भएर लाग्नेछु!नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो चुनौती स्वीकार गर्दै आफू प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन् । प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, ‘यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ उनले भने ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले आफूबाट ठुलो अपेक्षा राखेको उनले बताएका छन् ।बुधबार दिउँसो प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्।

बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि नियुक्ति गरेको थियो।प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छसोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो ।विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *