आज पनि नसोच्ने गरी घट्यो सुनको मूल्य।नया मूल्य सुन्दा पक्कै पर्नुहुनेछ चकित

अर्थ व्यापार

काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।योसँगै प्रतितोला फाइन गोल्ड ८८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ३५० रुपैयाँमा झरेको छ। दुई दिन लगातार घटेको सुनको भाउ हिजो मंगलबार भने तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउमा ओरालो यात्रा भने जारी नै छ। आज पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १९० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।थप समाचार -बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।बुधबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् । आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *