प्रधानमन्त्रीद्वारा एकाएक राजीनामाको घोषणा,यस्तो कारण दिएपछि देशैभर तरंग

बिश्व समाचार

एजेन्सी। एक सुत्केरी र उनको शिशुको उपचारमा लापरबाही भएको भन्दै आन्दोलन भएपछि राजीनामाको घोषणा गरेका छन् । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका हुन् ।उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ। संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले उनको राजीनामाको पक्षमा मतदान गरेका थिए ।

कोरोना भाइरस आफ्नो देशमा भित्रिन नदिन मंगोलियाले गत वर्षदेखि नै नाकाबन्दीलगायत उच्च सतर्कताका उपाय अपनाएको थियो। त्यसबीचमा पनि गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि फेरि प्रतिबन्धात्मक व्यवस्थाहरुलाई थप कडा बनाइएको थियो।कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा नवजात शिशुलाई भर्खरै जन्माएकी महिला र ती शिशुसँग कोरोनाभाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो।

विरोधसँगै आन्दोलन भएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरुले माफी माग्दा पनि आन्दोलन झन झन् चर्किंदै गएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *