१३ हजार ६ सय रुपैयाँले सस्तियो सुनको मूल्य,प्रतितोला कतिमा झर्यो?

अर्थ व्यापार

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य एक वर्षमा प्रतितोला १३ हजार ६ सय रुपैयाँले घटेको छ ।गत वर्षको साउन २५ गतेदेखि यो वर्षको सोही दिनको तुलनामा सुनको मूल्य उक्त रकमले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत वर्षको साउन २५ गते १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यो वर्षको सोही दिनमा भने ८९ हजार रुपैयाँ कायम हुन आएको छ ।गत वर्षको साउन महिनामा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

आज (साउन २५ गते) सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८९ हजार रुपैयाँ कायम हुन आएको हो ।महासंघले आजका लागि तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ । आइतबार ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *