उपत्यकामा सवारी साधन चल्न बन्द।भर्खरै आयो यस्तो निर्णय।

समाचार

कोरोना बढेसँगै फेरी उपत्यकामा लाग्यो सवारी साधन चलाउन बन्देज, निषेधाज्ञा भदौ ८ सम्म थप!कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै फेरी उपत्यकामा सवारी साधन चलाउन बन्देज लागेको छ ।काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय लिएको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै बेला चल्न पाउने उहाँले जनबोलीलाई बताउनुभयो ।निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *