सरकारद्वारा आज एकाएक सार्वजनिक बिदा दिने निर्णय,जारी भयो यस्तो सूचना

समाचार

काठमाडौँ । सत्ताइसौं विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तनहुँको व्यास नगरपालिकाले नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सार्वजनिक बिदाका अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।त्यस्तै मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका नासो गाउँपालिका–१ ताल गाउँका बासिन्दा पुनर्वासको पर्खाइमा छन् । ताल गाउँको मात्रै ५९ घर विस्तापित भएको छ ।

त्रिपालको भरमा बसेका स्थानीयहरुको पुनर्वासको त कुरै छोडौँ, राहतका लागि आकाशमा उडेको हेलिकोप्टर देख्दा स्थानीयलाई ‘आकाशको फल, आँखा तरि मर’ भन्ने जस्तै भएको छ ।दुई दिनअघि मात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री पम्फा भुसाललगायको टोली स्थलगत अध्ययनका लागि मनाङ पुगेको थियो तर उक्त टोली पनि ताल गाउँ पुग्न सकेन ।

आफ्नो पीडा सुनाउन पर्खेर बसेर बाढीपीडित तालबासीलाई नेताहरुको टोलीले निराश बनाइदिएको नासोँ–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए । स्थानीय सिंहबहादुर गुरुङ गुनासो गर्दै भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’ भन्ने नेपाली उखानको याद पो झल्झली दिलाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

त्यस्तै कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा दिन लागिएको छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *