साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

साउन २४ गते । साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । आज छापावाला सुन ताेलामा थप १५०० रुपैयाँले घटेकाे छ ।आज छापावाला सुन ताेलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि १ हजार ४५० रुपैयाँले घट्दै ८९ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीकाे मूल्य पनि आज प्रतितोला २५ रुपैयाँले घट्काे छ । आज चाँदी प्रतिताेला एक हजार २४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

यो पनि:द भ्वाइसका बिजेता किरणले गरे जितेको २५ लाखमा थप गर्दै दुई एम्बुलेन्स सहयोग गर्ने घोषणा! किरण गजमेर चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता बनेका छन । शनिबार साझ भएको द भ्वाइसको ग्राण्ड फिनालेमा पब्लिक भोट मार्फत उनि बिजेता भएका हुन् । बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । गजमेर कोच प्रमोदको टिमबाट फिनालेमा पुगेका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेज जान पाउने भएका छन ।

किरण गजमेरको परिवार भुटान सरकारबाट नि.र्ममताका साथ देश निकाला गरिएका मध्यका हुन् । त्यहाँबाट लखेटिएपछी नेपालमा शरण लिन आइपुगेका थिए किरणका आमा बुबा । उनीहरु नेपाल आएसंगै शरणार्थीको रुपमा खुदनाबारी शिबिरमा रहदा किरणको जन्म भएको थियो । उनको बाल्यकाल शिबिर मै बितेपनि हाल भने परिवारसहित अमेरिकामा रहदै आएका छन । किरण शिबिरमा रहदै १० वर्षको उमेर देखि नै गित गाउदै आएका थिए । उनि अमेरिका गएपनि नेपाली गितसंगीतलाई उत्तिकै माया गरेर त्यसकै सिर्जनामा लागिरहेका थिए ।

किरणले जितसंगै आफुले पाएको २५ लाख रुपैया नगद समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन । आफुले पाएको रकममा थप गर्दै पुर्वमा रहेको शरणार्थी शिबिरमा एक र पश्चिममा कुनै पनि अत्यावश्यक भएको ठाउमा एक गरि दुई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै किरणले केहि रकमको कोरोनाविरुद्दको भ्याक्सिन पनि सहयोग गर्ने बताएका छन । जितपछीको कुराकानीको क्रममा किरणले रवि र आफु दाजु भाई भएको बताएका छन । रबिको आमालाई सम्बोधन गर्दै किरणले भने – ‘रबि मात्र हैन अब तपाईको दुई छोरा भए आमा । मलाई छोरा स्विकार्नु होला ।’ जितेको ट्रफी आफ्नो मात्र हैन रबिको पनि रहेको उनले बताएका छन ।

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दु:ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा आफ्नो हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिए, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु । भ्वाइसको ट्रफीलाई आफुले नेपाली नागरिकताको रुपमा लिएको समेत किरणले बताए । ’जित पछी किरण गजमेर मिडियासंग बोल्दै :

Leave a Reply

Your email address will not be published. Required fields are marked *