नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैको मृ-त्यु,कुन जिल्लामा कति संक्रमित थपिए? 

समाचार

साउन २३ गते।नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए?  केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ-त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा को-रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १९ जनाको मृ-त्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट मृ-त्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

अहिले ९४६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्। काठमाण्डूमा ५९३ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा १२८ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । हाल काठमाण्डू उपत्यकामा १० हजार २२६ सक्रिय सङ्क्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *