सरकारलाई नटेरी तीजको दरभोज कार्यक्रम गरेको घरकै महिलालाई देखियो कोरोना। तीजको एकछिनको रमाइलोले बनाउने भयो बिचल्ली।पुरा पढ्नुहोस

समाचार

काठमाडौं । काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाको ३ वटै जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको छ ।

प्रशासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गरिरहेको छ । कोरोना संक्रमणप्रति सतर्कता अपनाउन भोज भतेर लगयत सामूहिक जमघट समेत निषेध गरिएको छ । स्रोतका अनुसार संक्रमित ती महिलाले भने आफूमा कोरोना पुष्टि हुनअघि घरमै तीजको दर भोज आयोजना गरेकी थिइन् ।झापा स्थायी ठेगाना भएकी ती महिलाको घरमा निषेधाज्ञा विपरीत आयोजना गरिएको दरभोजमा टोलवासी सबै महिलालाई निम्त्याइएको थियो । भोजमा ५० भन्दा बढी महिला तथा आफन्तजन सहभागी भएका थिए । विभिन्न समूह तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएकी ती महिलाले केहीदिन अघि पीसीआर गरेकी थिइन् ।

घरमा आयोजना गरेको केही घण्टापछि उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । दर भोज आयोजनकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि त्यसमा सहभागी हुने टोलका सबै स्तब्ध भएका छन् । संक्रमित महिलालाई घरमा छुट्टै राखिएको छ । संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको छ ।जनतासमाचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *