बीरगन्जमा अस्पतालले मृत्यु घोषणा गरेको महिलाले घाटमा पुर्‍याए पछि मुख खोलिन्(भिडियो हेर्नुहोस)

समाचार

काठमाडौं । चिकित्सकले मृत्यु घोषणा गरेको एक महिलाले घाटमा मुख खोलेको भन्दै बीरगन्ज स्थीत भवानी अस्पतामा बवाल भएको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ परेको छ । उपचार गर्नुपर्ने विरामीलाई मृत्यु घोषणा गरेको भन्दै घाटवाट फर्किएर महिलाका आफन्तले अस्पतालमा बवाल गरेका हुन् । भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको हो ।

महिलाका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आ क्र म ण गरेका छन् । इमर्जेन्सी कक्षमा समेत क्षती पुगेको छ । अस्पतालमा बवाल भएपछि आएको प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

एक चिकित्सक र नर्स घाइेत भएका छन् । सीसाले लागेर एक बिरामी कुरुवा महिला पनि घाइते भएकी छन् । पक्राउ पर्नेहरुमा विरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ५४ वर्षीय सुरेश राम, २२ वर्षीय अच्छेकुमार राम र बारा परवानीपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय भिम राम पक्राउ परेका छन्।

यस्तो थियो घटना विवरण:वीरगन्ज महानगरपालिका–२० मनियारी बस्ने ३८ वर्षीया रमिता देवीको मुटुको समस्या भएपछि उपचारको लागि वडा १५ मा रहेको भवानी अस्पतालमा ल्याइएको थियो।आइतबार बिहान साढे ११ बजे डाक्टरले उनलाई मृ त घोषणा गरेका थिए। चिकित्सकले मृ त घोषणा गरेपछि आफन्तहरूले शवलाई घाटमा पुर्याएका थिए।

तर, घाटमा नै रमिताले मुख खोलेको भन्दै उनीहरुले साढे १ बजे पुनः अस्पताल ल्याएका थिए । चिकित्सकले फेरि नि मृत्यु भइसकेको भनेपछि आफन्तहरूले आ क्रो शमा आएर बवाल गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *