दुबै मात्रा खाेप लगाएकाहरुमा पनि संक्रमण भेटियाे,खोपले मात्रै जोखिम नघटाउने यस्ताे दावी

समाचार

दुबै मात्रा खाेप लगाएकाहरुमा पनि संक्रमण भेटियाे, खोपले मात्रै जोखिम नघटाउने यस्ताे दावी । बेलायतमा को-रोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा डेल्टा भाइरसको संक्रमण अत्यधिक रहेको पाइएको छ ।डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताइएको छ । बेलायतस्थित स्वास्थ्य विभागले को-रोनाको खोप लगाएका व्यक्तिमा पनि डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा रुपमा फैलिएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

गत जुलाई १० देखि अगस्ट २ सम्मको तथ्यांकअनुसार डेल्टा भेरियन्टका कारण अस्पताल भर्ना हुने बिरामीमध्ये ५५ प्रतिशत को-रोनाको खोप लगाएका व्यक्ति रहेको बताइएको छ । स्वास्थ्य सुरक्षा एजेन्सीकी कार्यकारी प्रमुख जेनी ह्याजिजले खोपको मात्रा पूरा भएकाहरु नै बढी अस्पताल भर्ना भएकाले थप चिन्ता बढाएको बताए ।

उनले को-रोनाको खोपले सबै जोखिम न्यूनिकरण नगर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य रहेको बताएका छन् । बेलायतमा जुलाई १ देखि प्रतिबन्धहरु फुकुवा गरिएको थियो ।बेलायतका सबै नागरिकलाई पूर्ण माधत्रामा खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । ५७ प्रतिशत भन्दा बढी वयस्कहरुले खोपको दुवै मात्रा पूरा गरिसकेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *