खुसीको खबर।बढ्यो सबै कामदारको तलब।बढेर यति पुर्याइयो तलब।

समाचार

खुशीको खबर:कामदारको तलब ब’ढ्यो, अबको नयाँ दर यस्तो हुने।यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८÷७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७÷७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त गर्नेछन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।

श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७÷७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *