हेर्दा हेर्दै गुडीरहेको बस्को यस्तो अवस्था।कसरी भयो यस्तो?भिडियो हेर्नुहोस

समाचार

भारतको हिमाञ्चल प्रदेशमा रहेको सिरमौर जिल्लामा चालकको चलाखीले ठूलो दर्घटना हुनबाट जोगिएको छ ।पान्वटा शिलाई नेशनल हाईवे–७०७ को बोहराडको नजिकै एक निजी यात्रुबाहक बस ठूलो भिरबाट ३०० मिटर तल खस्नबाट जोगिएको हो ।बस दुर्घटना हुनबाट जोगिएपछि बसमा सवार ३० जना सकुशल रहेका छन् ।शुक्रबार साँझ ४ बजे ३० जना सवार बस पान्वटाबाट शिलाईतर्फ गइरहेको छ । बस चालकको चलाखीले दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले भारतीय सञ्चार माध्यमलाई बताएका छन् ।

कफोटाबाट करिब १० किलोमिटर टाढा पुगिसकेको बसको स्टेयरिङको रड टुट्यो । जसको कारण बस सडकको छेउमा रहेको प्यारापिटलाई तोडेर हावामा अड्कियो । तब, बसमा सवार सबै यात्रु रुन र कराउन थाले ।बसको आधा हिस्सा सडकबाट बाहिर गइसकेको थियो।

तर, उक्त समयमा पनि चालकले होस गुमाएनन् र ब्रेक लगाइरहे । जसको कारण बस एउटा मात्र टायरको साहारामा अड्कियो ।चालकले उभिएर सबै यात्रुलाई बाहिर निकाले त्यसपछि सबै मिलेर बसलाई ठूलो ढुङ्गाको आड दिएर रोके र चालकलाई पनि बाहिर निकाल्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *