Breaking News:लामो तथा छोटो दुरीका यातायात १० दिन सम्म बन्द हुने!

समाचार

आउँदो शनिबार रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको छ।डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन्।तर,तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको छ ।यस्तै, अत्यावश्यकका औषधि पसल र इन्धनका पसलबाहेक सबै प्रकारका पसलहरु बन्द हुनेछन् भने तरकारी, दूधजन्य र मासुजन्य पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खुल्ने जनाइएको छ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

यो पनि पढ्नुहोस्:अनुमान गर्नुहोस त,सरकारी स्कुलमा ससाना बाबुनानीलाई पढाउने शिक्षकको तलबभत्ता कति होला? सिकाइको प्रारम्भिक चरणमा रहेका यस्ता बालबालिकालाई पढाएर मात्र हुँदैन, खेलाउनुपर्छ, उनीहरूसँगै रमाउनुपर्छ र बेलाबेलामा सरसफाइ पनि गरिदिनुपर्छ। त्यसैले धेरैलाई लाग्न सक्छ– सिकाइको जग बसाल्ने यस्ता शिक्षकलाई राज्यले आकर्षक तलबसुविधा दिइरहेको होला।तर बालविकास केन्द्र (ईसीडी) र पूर्व प्राथमिक तह (पीपीई) पढाउने शिक्षकको तलबसुविधा सुन्दा जोकसैलाई आश्चर्य लाग्न सक्छ।

शिक्षा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल भन्छन्, ‘ईसीडी र पीपीईका शिक्षकले सरकारबाट मासिक ६ हजार रुपैयाँ पाउँछन्।’ यति तलबसुविधाले दैनिकी चल्छ तरु काठमाडौंको विश्वनिकेतन माविमा ईसीडी कक्षामा अध्यापनरत वैष्णवी वैद्य भन्छिन्, ‘राज्यले हामीलाई असाध्यै हेपेको छ। यति रकमले त कोठाभाडा पनि तिर्न पुग्दैन।’

ईसीडी र पीपीई शिक्षकले पाउने सेवासुविधामा राज्य उदासीन रहेको गुनासो वैद्यको छ।आफूहरूले अन्य शिक्षकले जस्तै बिदा पनि नपाउने उनी बताउँछिन्।शिक्षकले पाउने पारिश्रमिक र विद्यालयको भौतिक शैक्षिक पूर्वाधारको विषयलाई लिएर शिक्षकका संघसंगठनले पटकपटक आन्दोलन नगरेका पनि होइनन्।तर समस्या समाधान भएको छैन। केन्द्रका सूचना अधिकार दाहालका अनुसार सरकारले एक शिक्षकलाई मासिक ६ हजार रुपैयाँ दिए पनि केही स्थानीय तहले आफ्नै स्रोतबाट थपेर उपलब्ध गराउँछन्। तर सबै स्थानीय तह र विद्यालयसँग अतिरिक्त स्रोत हुँदैन।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *