देशव्यापी जारी भयो नसोचेको निर्णय।एक महिना लकडाउन?भर्खरै आयो यस्तो खबर!

समाचार

काठमाडौ । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन् । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्। टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ ।ति सबै वेड संक्रमितले भरिएका छन्।यस्तै तरिकाले संक्रमित बढ्दै जाने र अस्पतालमा बेडको खाँचो हुने दिन आउन भन्दा सरकारले कडा भन्दा कडा बन्द गर्नै पर्ने देखिन्छ।यद्यपि अहिलेसम्म बन्दको निर्णय भने आइसकेको छैन।

अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ । उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको छ । एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।

अस्पताल संक्रमितले भरिन थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि सतर्कता अपनाउन आग्रह गर्दै विज्ञप्ती जारी गरेको छ । दिनहुँ महामारीको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्‍याली लगायतका भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलवार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा कोभिडको नयाँ भेरियन्टका संक्रमित थपिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *