संक्रमणको जोखिम बढेपछी भोलिदेखि यस्तो हुने।बढ्दै छ यस्तो खतरा।

समाचार

काठमाडौ । पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन् । एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्। टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ । ति सबै वेड संक्रमितले भरिएका छन्।

अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ ।उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको छ।

एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *