काठमाडौ कोटेश्वरको घट्यो अनौठो घटना,प्रहरी समेत चकित।

समाचार

काठमाडौ । काठमाडौंको कोटेश्वरमा अनौठो घटना भएको छ । श्रीमानले सहकारीमा तिर्नुपर्ने ऋणको पैसा तिरेकै दिन उनकै श्रीमतीले सहकारीको दराज फोडेर पैसा चोरेकी छन् । श्रीमती सहकारीको लेखापाल हुन् । कोटेश्वर स्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थामा यस्तो घटना भएको हो ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

लेखापाल रहेकी सावित्री सुवेदीले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लु’टपा’ट गरेकी हुन् । उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लु’टेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र रकम चोरीएको हुनसक्ने कर्मचारीको भनाई छ । तर कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। कार्यालय खुल्लै रहेको र भित्र रहेको दराजको साँचो पनि खोलिएको देखेपछि घटनावारे प्रहरीलाई जानकारी गराइएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *