नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए?

समाचार

साउन २१ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए ?  केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३९३८ जना काे-राेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएसँगै नेपालमा को-रोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृ-त्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ । पछिल्लो समय को-रोना भाइरस संक्रमित बढेसँगै मृ-तकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा को- रोनाबाट ३७ जनाको मृ- त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौंमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन्।

काेराे-ना भाईरसबाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *