बाबुको काखमा बसेकी छोरीलाई चितुवाले खोसेर लग्यो,चिच्याउँदै चितुवाको पछि गए त्यसपछी..

समाचार

भारतको उत्तर प्रदेशको बहराइचमा आफ्ना पिताको काखमा बसेकी ६ वर्षकी छोरीलाई चितुवाले काखैबाट खोसेर लगेको छ । पछि लामो समय लगाएर खोजी गर्दा बालिकाको टाउको घरभन्दा ३ सय मिटर टाढा भेटिएको बताइको छ । बताइए अनुसार उक्त बालिकाको शरीर भने फेला परेको छैन् ।आइतबार राती करिब ९ बजे देवतादीन यादव छोरी अंशिका भनिने राधिकासँग घरबाहिर बसेका थिए । त्यही बेला लाइन गयो । अँध्यारो भएपछि देवतादीनले छोरीलाई काखमा लिए ।यही बेला चितुवा आएर काखमा बसेकी छोरीलाई झम्टेर लग्यो, चिच्याउँदै चितुवाको पछि गएपनि अध्यारो भएपछि चितुवालाई बाबुले देख्न नसकेको बताइएको छ ।बालिका नभेटिएपछि वन विभागलाई सूचना दिइएको थियो ।१२ घण्टापछि सोमबार बिहान मात्र घरबाट करिब ३ सय मिटर टाढा बालिकाको टाउको मात्र फेला परेको थियो ।

यो पनि:काठमाडौँको मध्यबानेश्वरमा अवैधरुपमा सञ्चालन भइरहेको सप्तऋषि आयुर्वेद प्रा.लि.का बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ ।सप्तऋषि आयुर्वेद प्रालिले लामो समयदेखि स्वास्थ्य उपचारको नाममा ठगी धन्दा चलाएकोबारे योहो टेलिभिजनमा समाचार प्रसारण भएपछि अनुसन्धानका लागि सीडीओ कार्यालयले चासो देखाएको छ ।पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकु श्रोतले पनि ठगीबारे अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय टेकुबाट पत्रज्ञ प्राप्त भएको र सोही अनुसार अपराध अनुसन्धान सुरु गरिने जनाएको छ । औषधी व्यवस्था विभाग र आयुर्वेद तथा बैकल्पीक चिकित्सा विभागको समन्वयमा घटनाबारे आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।सप्तऋषि आयुर्वेद प्रा.लि.का सञ्चालक टीकाराम बुढाथोकीले आयुर्वेदका नाममा सोझासिधा जनतालाई गलत आश्वासन दिई ठगी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *