कोरोना संक्रमित बढ्ने संख्यामा सिमा नाघ्न थाल्यो।पछिल्लो २४ घण्टामा नसोचेको संख्यामा संक्रमित थपिए,यति धेरैको मृत्यु।

समाचार

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ३५४ जनाको पीसीआर परीक्षणमा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १३४ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

बितेको २४ घण्टामा देशभर कोरोना संक्रमित भएकामध्ये एक तिहाइ बढी काठमाडौं उपत्यकामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमा काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् ।  बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *