कुलमान बाहेक अरुले जबर्जस्ती प्राधिकरण हाँक्न सक्दैन?के यो कुरा साचो नै हो त?

समाचार

नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङबाहेक अरूले हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन्। सिलवालले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ,’ सिलवालले भनेका छन्। मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्न निर्देर्शन दिएका थिए।मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *